
झापा, साउन १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकार सन्चालनकाक्रममा केही त्रुटिहरु भएको बताएका छन् ।
मंगलबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसित बोल्दै उनले परिपक्व आधार तयार नपारी सरकारले विधेयक ल्याउने गरेको भन्दै असन्तुष्टि जनाए ।
कर्मचारीले ‘ड्राफ्ट’ गरेको कच्चा विधेयक सोझै संसदमा लगिएको भन्दै उनी आक्रोशितसमेत भए ।
स्कुल विभागका विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै खनालले ठूला मिडियालेमात्र स्कुल विभागको विवाद चलाएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्