Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


एउटै परेवाको मूल्य झण्डै २३ करोड !


0
Shares

काठमाडौं । बेल्जियममा एउटै पोथी परेवा नेपाली रुपैयाँ २३ करोड ५७ लाख हाराहारीमा बिक्री भएको छ ।

बेल्जियममा भएको डाक बढाबढ क्रममा ‘न्यु किम’ नामक परेवीले यति धेरै मूल्य पाएकी हो।

दुई बर्ष पुगेकी उक्त परेवीलाई खरिदकर्ताले १९ लाख अमेरिकी डलर तिरेका हुन्।

१९ लाख अमेरिकी डलरको प्रचलित नेपाली मूल्य २३ करोड ५७ हुन पुगेको हो।

परेवा उडाई प्रतियोगिताका लागि चिनिया खरिदकर्ताले त्यत्रो रकम खर्चेर उक्त परेवा किनेको रोयटर्स समाचार संस्थाको समाचार भ्वाइस अफ अमेरिकाले जनाएको समाचार नेपाल टचले लेखेको छ ।

गत बर्ष मार्चमा बेल्जियममै ‘अर्माण्डो’ नामको भाले परेवा १७ करोड ६७ लाखमा बिक्री भएको थियो।

भाले परेवाको मूल्य उच्च हुँदै आएको अवस्थामा यसपल्ट ‘न्यु किम’ नामकी परेवीले त्यो कीर्तिमान भंग गरिदिएकी हो।

नोभेम्वर २ मा दुई सय युरो (करिव ३० हजार नेपाली रुपैयाँ) बाट डाक बढाबढ सुरु भएको थियो।

त्यसको ९० मिनेटभित्र दक्षिण अफ्रिकाको एउटा समूहले १८ करोड ५२ लाख नेपाली रुपैयाँ मोल लगाएका थिए।

तर, पुनः डाक बढाबढ गरिँदा चीनका दुई धनी व्यापारीले यो कीर्तिमानी मूल्य लगाएका हुन्।

त्यो परेवीलाई सन् २०१८ मा आयोजित एक प्रतियोगितामा सहभागि गराउँदा ‘बेस्ट यंग बर्ड’को उपाधी जितेकी थिई।

सामान्यतया १० बर्षसम्म बच्चा पैदा गर्न सक्ने भएकाले त्यो परेवीले अझै धेरै बच्चा कोरल्न सक्ने सम्भावना रहेको पनि समाचारमा जनाइएको छ।