Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


धनगढी उपमहानगरले राहतमा अनिमियतता गरेको भन्दै विरोध


0
Shares

कैलाली, साउन १४ । धनगढी उपमहानगरपालिकाले हावाहुरीपीडितलाई राहतमा अनिमियतता गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

वास्तविक पीडितले राहत नपाएर पार्टी कार्यकर्ता र पहुँचवालालाई वितरण गरेको भन्दै मंगलबार स्थानीयले विरोध गरेका हुन् ।

कैलाली र कन्चनपुरमा शक्तिशाली हावाहुरी आएको करिब डेढ महिनापछिमात्रै उपमहानगरपालिकाले वडा नम्बर–१२ मा राहत वितरण सुरु गरेको हो ।

धनगढी उपमहानगरपालिकाको खातामा प्रकोप व्यवस्थापन कोषको २० लाख र विभिन्न संघ–संस्थाको गरी एक करोड ६१ लाख रुपैयाँ बढी रकम जम्मा भएको छ ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत् एक करोड २७ लाख ६५ हजार बजेट पठाएपछि राहत वितरणका लागि दुई करोड ८८ लाख ६५ हजार बढी रकम जम्मा भएको जनाइएको छ ।