
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कुल विभागको नेतृत्वमा सहमति जुटाउन अध्यक्षद्वयले दौडधुप तीब्र पारेका छन् ।
पार्टी संगठनमा महत्वपूर्ण मानिने यो विभागको नेतृत्व लिन आकांक्षीहरु बढेपछि अध्यक्षद्वयलाई हम्मे परेको छ ।
सचिवालय सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरिरहेको यो विभागमा पछिल्लो सयम अन्य दुई नेताहरु धनश्याम भुषाल र बेदुराम भुषालको पनि नाम जोडिएको छ ।
स्कुल विभागको नेतृत्वमा देखिएको विवादलाई नेकपाभित्रको पूर्वमाओवादी र पूर्वएमालेले अंगिकार गरेका अलग–अलग वैचारिक कार्यदिशा र पार्टीको मार्गदर्शक सिद्धान्तको बहसको रुपमा हेरिएको छ ।
यही विवादमा सहमति नजुट्दा नेकपाको सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
हिजोका लागि बोलाइएको बैठक पनि नेताहरुको अडानले बस्दै नबसी स्थगित गरियो । सहमतिका लागि आज बैठक डाकिएको छ ।
तर आजको बैठकामा पनि नेताहरुबीच सहमति हुने सम्भावना भने न्यून बन्दै गएको छ ।
विवादित स्कुल विभागको नेतृत्व अध्यक्षद्वयमध्ये एकले लिने वा अर्का नेता झलनाथ खनाललाई दिने विकल्पमा समेत छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्