३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सेयरबजारमा गिरावट आउनेक्रम थामिएन


0
Shares

काठमाडौं, साउन ३ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा गिरावट आउनेक्रम थामिएन ।

यसदिन पनि नेप्से ५ अंक बढीले झरेर ११ सय ९३ मा आएर थामियो । कारोबार भने उच्च आधा अर्बमाथि भयो ।

होटल र उत्पादनमूलक समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८० अंकले झर्‍यो । जीवनबिमा समूह पनि ४३ अंकले ओरालो लाग्यो । लघुवित्त समूह पनि दोहोरो अंकले ओरालो लाग्दा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका १९ लाख १८ हजार कित्ता सेयर ५६ करोड १३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।