२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस नेता भण्डारीद्वारा पहिरो पीडितलाई सहयोग


0
Shares

गुल्मी, साउन १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिकाका दुई वटा वडाका पहिरो पीडितलाई राहत स्वरुप नगद र खाद्यान्न वितरण गरेका छन् ।

भण्डारीले ठूलो लुम्पेकमा २ लाख र लिङ्घामा १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

यस्तै, मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

भण्डारीसँग सत्यवती गाउँपालिका पुगेका गुल्मी कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले पनि पीडितहरुलाई खाद्यान्न उपलब्ध गराए ।