Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


जनताको आशाअनुरुप सरकारले परिवर्तनकारी काम गर्न सकेन : राजपा नेता यादव


0
Shares

काठमाडौं, साउन १२ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले जनताको आशाअनुरुप सरकारले परिवर्तनकारी काम गर्न नसकेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित साक्षात्कारमा उनले देशलाई समृद्ध बनाउने ऐतिहासिक अवसर वर्तमान सरकारसँग रहे पनि त्यसअनुरुप अगाडि बढ्न नसकेको टिप्पणी गरेका हुन् ।

संयोजक यादवले पार्टीको महाधिवेशन आगामी कार्तिक अन्तिम साता हुने घोषणा भैसकेकाले महाधिवेशन सफल बनाउन आफुहरु सक्रिय रहेको उल्लेख गरे ।

संयोजक यादवले सुशासन र लोकतन्त्रका लागि संघर्ष गर्न कांग्रेसलगायत अन्य साना दलसँग कार्यगत एकता गर्ने बताए । प्राकृतिक श्रोत साधनको दोहनका कारण तराई मधेशमा वर्षेनि बाढीले विपद् निम्त्याएको भन्दै उनले भारतीय बाँधका कारण हुने डुबानका विषयमा वार्ता गर्न सरकारसँग आग्रह गरे ।