Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


नेकपा सचिवालय बैठक फेरि स्थगित


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।

स्कुल विभागको नेतृत्वको विषयलाई लिएर विवाद हुँदा पटकपटक स्थगित हुँदै आएको नेकपाको सचिवालय बैठक आज फेरि स्थागित भएको हो ।

बैठक भोलि दिउँसो ३ बजे बस्ने बताइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्कुल विभागको नेतृत्वका विषयलाई छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

उनीहरुबीच आज बिहान पनि छलफल भएको थियो । पार्टी स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् ।

दुवै नेताले आफ्नो अडान नछाड्ने पार्टी एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । तर पछिल्लो समयमा नेताहरु घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबी गरेका छन् ।