Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नेपाल र कुबेत मैदानमा, नेपाललाई खेल जित्नै पर्ने दबाब


0
Shares

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु भएको छ ।

कुवेतविरुद्ध मैदान उत्रँदा नेपाल स्पष्ट जितको खोजीमा छ । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता छ ।

पहिलो खेलमा अप्रत्यासित रुपमा कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो ।

त्यसैले छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्न नेपाललाई दुई खेल नै महत्वपूर्ण छ ।

छनोटको २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । कुवेत ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ । र, ग्लोबल छनोटको सम्भावना कायम राख्नेछ ।

३ खेलमा ५ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ । कुवेतसँग पराजित भएमा नेपालको ग्लोबल छनोट सकिनेछ ।