राजविराज, साउन १० । पूर्वसूचना तथा सन्चारमन्त्री चतुर्भुजप्रसाद सिंहको ८७ वर्षको उमेरमा शुक्रबार बिहान राजविराज नगरपालिका–७ स्थित निवासमा निधन भएको छ ।
सिंह वि.सं. २०२५ सालदेखि ३२ सालसम्म निर्माण तथा यातायात, उद्योग तथा वाणिज्य, जलविद्युत् र चार वर्षसम्म सूचना तथा सन्चारमन्त्री बनेका थिए ।
२०१५ सालमा नेपाली कांग्रेसबाट राजनितिमा प्रवेश गरेका सिंह २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेस परित्याग गरी पञ्चायततर्फ लागेका थिए ।
उनी २०३२ सालदेखि २०४६ सालसम्म पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्यसमेत बनेका थिए ।
पूर्वमन्त्री सिंहको जन्म वि.सं. १९८९ असोज १ गते सप्तरीको रुपनीमा भएको थियो ।










प्रतिक्रिया दिनुहोस्