बुटवल, साउन १० । प्रदेश नम्बर–५ लोकसेवा आयोगको अध्यक्षमा प्रा. डिलाराम भट्टराई सिफारिस भएका छन् ।
मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिस समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।
समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका–१०, अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख छन् । रासस








प्रतिक्रिया दिनुहोस्