Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


गाउँपालिकाले निकासी, पटके तथा हाटबजार कर हटायो


0
Shares

पाँचथर । पशु तथा कृषिजन्य वस्तुलाई प्रबद्र्धन गर्न तथा कृषकहरुलाई उत्साहित बनाउन पाँचथरको कुम्मायक गाउँपालिकाले हाट बजारमा लाग्दै आएको निकासी, पटके तथा हाटबजार कर हटाएको छ ।

महिनाको दुई पटकसम्म पालिकाको केन्द्र यासोकमा लाग्ने बजारमा र कुम्मायक १ को चौथी बजारमा लाग्ने हाटबजार कर हटाएको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले बताए ।

गाउँपालिकाको ०७६/०७७ को गाउँसभाले कृषकलाई सहज होस् भन्ने उद्धेश्यले हाटबजारमा लिइँदै आएको पटके कर लिन छोडेको गाउँपालिका उपाध्यक्ष सीता रिजाल आचार्यले बताए ।

पालिकाको निर्देशन भन्दा पनि गलत हिसावबाट कर उठाइएको हुँदा त्यसले नागरिकमा भ्रम पैदा गरिएकोले पटके कर लिन छोडेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले बताए ।

गत वर्ष ३ लाख रुपैयामा पटके करको ठेक्का लागेको थियो । कर लिन छोडेपछि कृषकहरु पनि उत्साहित भएका छन् ।  ।