Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । देशभर बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित बैठक आज पुनः बस्न लागेको हो । 

बैठकले पार्टिभित्र बल्झिदै गएको नियमावलीको विवादमा सहमति निकाल्ने प्रयास गर्नेछ । गत असार २२ गते सुरु भएको केन्द्रिय समिति बैठकमा १४ वटा एजेन्डा पेस भएका थिए ।

२९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई समेटेर परिमार्जन गर्ने सहमति जुटेको थियो ।

तर नियमावली मस्यौदा संशोधन समितिले अहिलेसम्म असन्तुष्टिको सम्बोधन गर्न सकेको छैन ।

नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउँदैन ।

मस्यौदा समितिका संयोजक रमेश लेखक एक साताका लागि देशबाहिर रहेकाले यो मुद्दा सल्टिन केही समय लाग्न सक्ने देखिएको छ ।

यही विषयमा हिजो पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।