
सुनसरी, साउन ३ । सरकारले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै छानबिन थालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित समितिले छानबिन थालेको हो ।
प्रतिष्ठानमा वि.सं. २०७२ सालदेखि गरिएको भौतिक पूर्वाधार, मेडिकल उपकरण खरिद, सवारी–साधन खरिदमा अनियमितता भएको आशंका गर्दै छानबिन सुरु गरिएको समितिका सदस्यसमेत रहेका स्वास्थ्य मन्त्रालयका बायो मेडिकल इन्जिनियर मुकुन्द खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस्