काठमाडौं, साउन ७ । प्रतिनिधिसभा बैठकको अवरोध हटाउन सभामुख कृष्णबहादुर महराले मंगलबार दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।
संसदलाई सहजरुपमा अघि बढाउन सभामुख महराले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, सांसदहरु मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूसँग छलफल गरेका हुन् ।
यस्तै, सभामुख महराले राजपा नेपाल अध्यक्षमन्डलका संयोजक राजकिशोर यादव र सत्तारुढ दल नेकपाका सचेतक शान्ता चौधरीसँग पनि छुट्टाछुट्टै छलफल गरेका छन् ।
सभामुखको सचिवालयले दिएको जानकारीअनुसार छलफल सकारात्मक रहेको छ ।
बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक बुधबारै दिउँसो १ बजे बस्ने छ ।









प्रतिक्रिया दिनुहोस्