Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


चीनले २९ हजार फुटबल मैदान बनाउने


0
Shares

बेइजिङ, साउन ७ । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ ।

चिनियाँ शिक्षा मन्त्रालयका एकजना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझैपनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए ।

गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए ।

उनले भने–‘सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि एक प्रतिशतमात्र मैदान उपलब्ध हुन्थ्यो ।’

सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताए ।

सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।

चीनमा फुटबल निकै रुचाइएको खेल हो । रासस/सिन्ह्वा