Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


‘अपडेट’ नहुने कार्यकर्तालाई पार्टीबाटै ‘आउट’ : पोखरेल


0
Shares

सुनसरी, साउन ७ । उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा निरन्तर ‘अपडेट’ नहुने कार्यकर्तालाई पार्टीबाटै ‘आउट’ गरिने बताएका छन् ।

मंगलबार धरानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताको चाहनाअनुसार पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएको भन्दै पार्टीमा निरन्तर अपडेट हुनेहरुलाईमात्रै जिम्मेवारी दिइने बताए ।

उनले पार्टी एकीकरणमा असन्तुष्ट कार्यकर्तालाई सामाजिक सन्जालमा जथाभावी पार्टीको आलोचना नगर्नसमेत निर्देशन दिए ।