Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


जोरायल गाउँपालिकाको वडा कार्यालयमा आगजनी


0
Shares

डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराति १२ बजेतिर आएको अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको जोरायल इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।

आगजनीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका कागजात जलेर नष्ट भएका छन् ।

कार्यालयमा राखिएका फर्निचरसहितका सामान पनि जलेको वडाध्यक्ष नन्दराज भट्टले जानकारी दिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।