
पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा काग्रेस फिदिम नगर सभापति हर्क मोक्तानको निधन भएको छ ।
सोमबार बेलुका उनकै निजी निवास फिदिम १ बुद्धमार्गमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
प्रेसर,मुटुको रोगबाट थलिएका मोक्तानको ७१ वर्षको उमेरमा निधन भएको फिदिम १ काग्रेस सभापति शुभराज थापाले जानकारी दिए ।
उनको आज बिहान १२.३० बजे हेवाखोलामा अन्त्येष्टी गरिने भएको उनका छोरा सन्तोष मोक्तानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्