Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


कांग्रसमा चल्यो अनुशासनको डण्डाः तीन जिल्लाका २३ नेता–कार्यकर्ता निश्काशित


0
Shares

काठमाडौं, साउन ६ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोपमा नेपाली कांग्रेसले २३ जना कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

केन्द्रीय अनुशासन समितिले २०७४ सालमा सम्पन्न तीनओटै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै सोलखुम्बु, रौतहट र दैलेखका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको हो ।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुविरुद्ध ‘वागी’ उम्मेदवारी दिने, प्रस्तावक र समर्थक तथा अरु पार्टीमा गइ विभिन्न तहमा उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई विधानबमोजिम कारबाही गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

यस्तै, बाँकी अरु जिल्लामा पनि वागी उम्मेदवारी दिने, अरु पार्टीमा गएर उम्मेदवारी दिने तथा प्रस्तावक र समर्थक बन्नेहरुको नाम तत्काल पठाउन समितिले निर्देशन दिएको छ ।