Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


चन्द समूहको नीति स्पस्ट छैन : वैद्य


0
Shares

जनकपुरधाम, साउन ६ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको नीति स्पस्ट नभएको बताएका छन् ।

सोमबार जनकपुरमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले चन्द समूह जनसंघर्ष कि सशस्त्र संघर्ष भन्नेमा प्रस्ट नरहेको बताए ।

सरकारले चन्द समूहमाथि लगाएको प्रतिबन्ध गलत भन्दै वैद्यले राजनीतिकरुपमा समाधान खोज्नुपर्नेमा जोड दिए ।

देशमा कम्युनिस्ट पार्टीको सरकार रहेपनि उनीहरु यथास्थितिवादी र संसदवादी नै भएको उनको भनाइ थियो ।