 
	    काठमाडौं । फिलिपिन्समा आएको गोनी आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा आएको शक्तिशाली आँधीका कारण अल्बे प्रान्तका ९ जना र एक जनाको क्यान्डुआनेस टापुमा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । फिलिपिन्सको मौसम विभागका अनुसार करिब चार लाख सर्वसाधारण विस्थापित भएका छन् ।
बिस्थापितहरुमध्ये तीन लाख भन्दा बढी सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।
२२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
आँधीका कारण पहाडी क्षेत्रमा गएको पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ ।
गत हप्ता मात्र आएको मोलाभ आँधीमा परेर २२ जनाको मृत्यु भएको थियो । आँधीका कारण फिलिपिन्सका ग्रामिण क्षेत्रमा लगाइएको हजारौं हेक्टर कृषि उत्पादन नस्ट भएको बताइएको छ ।
आँधीका कारण फिलिपिन्समा हरेक वर्ष जुनदेखि डिसेम्बरसम्म हजारौं प्रभावित हुने गरेका छन् । आँधीका कारण सयौंको ज्यान जाने गरेको छ भने लाखौं डलर बराबरको क्षति हुने गरेको छ ।
‘प्यासिफिक रिङ अफ फायर’ मा रहेको फिलिपिन्समा सक्रिय ज्वालामुखी, लगातारको भूकम्प र अत्याधिक आँधी आउने देशमा पर्छ ।
फिलिपिन्समा हरेक वर्ष कम्तिमा २० वटा आँधी आउने गरेको फिलिपिन्स विश्वमा सबैभनद बढी प्राकृतिक प्रकोपबाट प्रभावित हुने मुलुकमध्ये एक हो ।
सन् २०१० देखि २०१९ सम्म फिलिपिन्समा आएको आँधीका कारण अर्बौ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको सरकारी तथ्यांक छ ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्