बारा, साउन ४ । बाराका चार स्थानीय तहले बजेट सार्वजनिक गर्न नसक्दा केन्द्रको अनुदान रोक्का हुने सम्भावना बढेर गएको छ ।
जिल्लाका कोल्हबी नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र सुवर्ण गाउँपालिकाको बजेट सार्वजनिक नहुँदा केन्द्रको अनुदान रोक्का हुने सम्भावना बढेको हो ।
ती स्थानीय तहले समयसीमाभित्र गाउँसभा वा नगरसभा आयोजना गर्न पनि सकेका छैनन् ।
अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षबीचको विवादका कारण बजेट आउन नसकेको हो ।
समयसीमाभित्र बजेट सार्वजनिक नगर्ने स्थानीय तहलाई केन्द्र सरकारको सहयोग नरहने कानुनी व्यवस्था छ ।
प्रदेश नम्बर–२ का १३६ मध्ये ३६ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् ।








प्रतिक्रिया दिनुहोस्