२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


टोटनह्याम हट्सपरले बर्नलेलाई हरायो


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ ।

टोटनह्यामको जितमा ह्यारी केन र सनहेङमिनको भूमिका महत्वपूर्ण रह्यो ।

केनको सहयोगमा सनले ७६ औँ मिनेटमा गरेको गोल नै टोटनह्यामको जितका लागि निर्णायक बन्यो ।

केन र सनहेङमिनले प्रिमियर लिगमा गोलका लागि गरेको यो २९ औँ साझेदारी हो ।

सनले यो सिजन लिगमा ८ गोल गरिसकेका छन् । जितपछि पाँचौँ स्थानको टोटनह्यामको ६ खेलबाट ११ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेष्ट ब्रोमले १/१ को बराबरी खेली अंक बाँडेका छन् ।