Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


मन्त्रिपरिषदको कार्यालय अगाडी धर्नामा बसेका शिक्षकहरुमाथि लाठीचार्ज


0
Shares

जनकपुर । गत असार १२ दिनदेखि प्रदेश २ को मन्त्री परिषदको कार्यालय अगाडी धर्नामा बसेका अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आफुहरुको माग पुरा नभएको भन्दै कार्यालय अगाडी चक्काजाम गरेपछि प्रहरीले आज लाठीचार्ज गरेको हो ।

अस्थायी शिक्षकहरुलाई पूर्ववत् रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै उनीहरुले असार १२ गतेदेखि मन्त्री परिषदको कार्यालय अगाडी धर्नामा बस्दै आएका थिए ।

जीवनको महत्वपुर्ण समय शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफुहरुको रोजगारी खोसिदिएको आरोप उनीहरुको छ ।

शिक्षकहरुको चक्काजामका कारण त्यस क्षेत्रमा केही बेरसम्म आवात जावत अवरुद्ध भएको थियो । प्रहरीले धर्नामा बसेका केही शिक्षकहरुलाई नियन्त्रणमा समेत लिएको छ ।