काठमाडौं, साउन १ । नेपाली कांग्रेसले बाढीपहिरो र डुबान क्षेत्रमा विभिन्न रोगको महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि सरकारसँग आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले बाढीपहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको छ । विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमा उल्लेख गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्