काठमाडौं, असार ३१ । साझा पार्टीले आफ्नो कूटनीतिक निर्देशिका सार्वजनिक गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालय बखुन्डोलमा पत्रकार सम्मेलन गरी सार्वजनिक निर्देशिकामा पार्टीका सदस्यले कुनैपनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरुसँग हुने राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभाग तथा आवश्यक परेमा परराष्ट्र मन्त्रालयसँगसमेत सुझाव लिनुपर्ने उल्लेख छ ।
पार्टीको केन्द्रीय समितिका सदस्यले दूतावासका राजदूतलगायतका विदेशी कर्मचारीलाई घरमा नबोलाउने, कुनैपनि गुप्तचर निकायका सदस्यले भेटघाट गर्न नपाउनेलगायतका विषय निर्देशिकामा समेटिएको छ ।
पार्टीका संयोजक रवीन्द्र मिश्रले नेताहरुले कूटनीतिक मर्यादा ख्याल नगर्दा मुलकको छविमै आँच पुग्ने गरेको बताए ।
नेपालमा कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको राजनीतिमा प्रत्यक्ष/ अप्रत्यक्ष भूमिका विवादास्पद रहेकाले त्यस्ता संस्थाको आमन्त्रणबारे पार्टीमा जानकारी दिनुपर्ने साझाको निर्देशिकामा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्