Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


‘राखेप’का बोर्ड सदस्यहरुले लिए शपथ


0
Shares

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

मन्त्रिपरिषद्को गएको असोज २९ गते बसेको बैठकले बोर्ड सदस्यमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्रबिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुुमित्रा चौधरीलाई मनोनीत गरेको थियो ।

त्यस्तै, मन्त्री विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो ।