Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


याङवरक गाउँपालिकको प्रथम पञ्चवर्षीय आवधिक योजना सार्वजनिक


0
Shares

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाले प्रथम पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ ।

यो गाउँपालिका प्रदेश नम्बर १ मा पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्ने पहिलो स्थानीय तह भएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको योजनामा आगामी पाँच वर्षभित्र स्थानीय स्रोत साधनको अधिकतम् उपयोग गर्दै आन्तरिक आम्दानी बढाउनेदेखि प्रदेश र संघीय सरकारबाट पाउने सहयोगका आधारमा गाउँपालिकाको विकास गरिने उल्लेख छ ।

पाँच वर्षमा संघीय सरकारबाट मात्रै कुल लगानीको ७६ दशमलव २ प्रतिशत आय प्रक्षेपण गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट ६ दशमलव १ प्रतिशत, दातृृ निकायबाट शून्य दशमलव ८ प्रतिशत, आन्तरिक आय १६ दशमलव ९ प्रतिशत र आन्तरिक राजस्वबाट १५ दशमलव २ प्रतिशत प्रक्षेपण गरिएको छ ।

पञ्च बर्षीय योजना सार्वजनिक कार्यक्रममा सांसद वसन्तकुमार नेम्वाङले यो गाउँपालिका प्रदेश नं. १ कै नमूना बन्न सक्ने बताए ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले समृद्ध याङवरक बनाउन सार्वजनिक गरिएको योजना फलदायी हुने बताए ।

उपाध्यक्ष कमलकुमारी योङहाङले उपलब्ध स्रोत तथा साधन एवं प्रविधिको सदुपयोग गरी नागरिक तथा विकास साझेदारसँग सहकार्य गरेर सामाजिक न्याय, सुशासन, गरिबी निवारण एवं समावेसी विकास गर्ने लक्ष्य राखेको जानकारी दिए ।