काठमाडौं, असार २९ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको कार्यालयमा आइतबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुनर्स्थापनाको तत्काल व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
विगत ४ दिन यता आएको वर्षाका कारण मुलुकका ३८ जिल्ला बाढी, पहिरो र डुबानबाट प्रभावित भएका छन् ।
यसैबीच, राज्यव्यवस्था तथा सुशासन समितिले प्रहरी कर्मचारीलाई प्रदेशमा समायोजनका क्रममा दुई ग्रेड बराबरको तलब बृद्धिको व्यवस्था गरेको छ । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा समायोजन स्वेच्छिक बनाउने र प्रदेशमा समायोजन हुनेलाई दुई ग्रेड बराबरको तलब बृद्धिको व्यवस्था गर्ने सहमति भएको हो ।
यस्तै, समितिमा प्रदेश प्रहरीको प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरिक्षकलाई दिने सहमति पनि भएको छ ।









प्रतिक्रिया दिनुहोस्