
काठमाडौं, असार २९ । सरकारले बाढी तथा पहिरोबाट घाईते भएकाहरुको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले अपांग, अशक्त र पीडित परिवारलाई यथोचित सहयोगसहित व्यवस्था मिलाउने निर्णय गरेको हो । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको संचारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
बैठकले उद्धार र राहतमा रक्षा र गृह मन्त्रालयलगायतका निकायलाई परिचालन गर्ने निर्णय गर्दै जनप्रतिनिधिहरुलाई पनि सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्