Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


लण्डनमा कोरोना नियन्त्रणका लागि थप कडाई हुने


0
Shares

काठमाडौं, असोज २९ । बेलायतको राजधानी लण्डन शहरमा कोरोना (कोभिड–१९) सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताउनुभएको छ ।

करिब नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपायलाई पालना गर्न अनुरोध गर्न लागेको हो ।

उहाँले ‘लण्डन एसेम्ली’मा भन्नुभयो, “मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ ।”

यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ ।

नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागु गर्नेछ र यसमा यस पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ । (एजेन्सी)