काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
गएराति भएका क्वाटरफाइनल खेलमा अल्जेरिया र ट्युनिसिया विजय भएसँगै अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
क्वाटरफाइनलमा अल्जेरियाले आईभोरी कोष्टलाई टाई ब्रकेरमा ४–३ ले हरायो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाई ब्रकेरमा अल्जेरियाले बाजी मारेको हो ।
गएराति भएको अर्को क्वाटरफाइनलमा ट्युनिसियाले माडागास्करलाई ३–० ले पराजित गर्यो ।
ट्युनिसियाले अब सेमिफाइनलमा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ । अल्जेरियाले भने नाईजेरियासँग खेल्नेछ ।










प्रतिक्रिया दिनुहोस्