Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


रोजर फेडेरर र रफाइल नदाल विम्बल्डनको सेमिफाइनलमा भिड्ने


0
Shares

काठमाडौं । आधुनिक टेनिसका दुई हस्तीहरु रोजर फेडेरर र रफाइल नदाल विम्बल्डनको सेमिफाइनलमा भिड्ने भएका छन् ।

वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको क्वाटरफाईनलमा जित निकाल्दै फेडेरर र नदालले सन् २००८ पछि पहिलो पटतक विम्बल्डनमा भिडन्त पक्का गरेका हुन् । त्यतिवेला फेडेररलाई हराउँदै नदालले उपाधि उचालेका थिए ।

विश्व वरियतामा तेस्रो स्थानमा रहेका नदालले अमेरिकाका साम क्वेरेलाई ७–५,६–२ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाईनलमा ठाउँ बनाए ।

यसैगरी दोस्रो वरियताका फेडेररले जापानका केई निशिकोरीलाई ४–६, ६–१, ६–४ र ६–४ को सेटमा पराजित गर्दै नदाल विरुद्धको भिडन्त पक्का गरे ।

घाँसे कोर्टमा हुने वर्षको एक मात्र ग्रान्डस्लाम विम्बल्डन टेनिसमा फेडेरर र नदाल दुबै जनालाई उपाधि दावेदारको रुपमा हेरिएको छ ।

फेडेररले किर्तीमानी २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् भने नदालले १८ उपाधि जितेका छन् ।

विम्बल्डन टेनिसको अर्को सेमिफाईनलमा चार पटकका विजेता नोभाक जोकोभिचले स्पेनका रोबर्टो बौटिस्टासँग खेल्नेछन् ।