काठमाडौं, असार २५ । ५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’मा नेपालका दुईजना खेलाडीले भाग लिने भएका छन् ।
चीनको हर्बिन सिटीमा यही जुलाई २६ देखि २९ तारिखसम्म सो प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा शारीरिक सुगठनका खेलाडीद्वय रामहरि खनाल र रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
५३औं च्याम्पियनसिप तथा वार्षिक कंग्रेसमा भाग लिन नेपालबाट दुई खेलाडी र तीनजना अफिसियल चीन जान लागेको नेप्लिज फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेसले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्