नुवाकोट, असार २५ । नुवाकोटको लिखु गाउँपालिका–२ का दुईजना स्थानीयले वडा कार्यालय निर्माणका लागि ३२ लाख रुपैयाँ बराबरको जग्गादान गरेका छन् ।
लिखु गाउँपालिका–२ का सन्जीव लामिछाने र रामकृष्ण नेपालले एक/एक रोपनी जग्गादान गरेका हुन् ।
अहिले वडा कार्यालय बसेको ठाउँ साँघुरो र वडा नम्बर–२ का बासिन्दालाई अपायक परेको भन्दै आफूले जग्गादान गरेको लामिछानेले बताए ।
जग्गा नहुँदा वडाले भवन बनाउन सकेको थिएन ।
सार्वजनिक बाटोका लागिसमेत जग्गा छाड्न तयार नहुने अवस्थामा ३२ लाख बराबरको जग्गादान गर्नु प्रशंसनीय भएको वडाध्यक्ष भीमबहादुर घलेले बताए ।
लिखु गाउँपालिका–४ बाहेक सबै वडा कार्यालयहरु भाडामा बस्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्