Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आईभोरी कोष्ट र ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । आईभोरी कोष्ट र ट्युनिसिया अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा आईभोरी कोष्टले मालीलाई १–० ले हरायो ।

खेलमा आईभोरी कोष्टलाई विजयी गराउन विल्फ्रेड जाहाले ७६ औं मिनेटमा निर्णायक गोल गरे ।

गएराति भएको अर्को खेलमा घानालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ट्युनिसिया क्वाटरफाइनलमा पुगेको छ ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाई ब्रकेरमा ट्यनिसिया ५–४ ले विजयी भयो ।