काठमाडौं । साविक विजेता अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि रक्षा गरेको छ ।
फ्रान्सको लियोंमा गएराति सम्पन्न फाइनलमा नेदरल्याण्डस्लाई २–० ले हराउँदै अमेरिकाले कीर्तिमानी चौथो पटक महिला विश्वकपको उपाधि उचालेको हो ।
खेलमा अमेरिकालाई विजयी गराउन मेगान रेपिनोईले पेनाल्टीमार्फत एक गोल गर्दा रोज लाभेलेले अर्को एक गोल थपिन् ।
लगातार तेस्रो पटक विश्वकपको फाइनल खेलेको अमेरिका विरुद्ध नेदरल्याण्ड्सले गोल फर्काउन भने सकेन ।
दोसो पटक महिला विश्वकपको फाइनलमा पुगेको युरोपियन च्याम्पियन नेदरल्याण्ड्स उपाधि उचाल्न भने असफल बन्यो ।
अमेरिकाले यसअघि सन् १९९१, १९९९ र २०१५ मा महिला विश्वकप फुटबलको उपाधि जितेको थियो ।








प्रतिक्रिया दिनुहोस्