
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर सरकार ठीक बाटोमा नहिडेको भन्दै सचेत गराएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले अघिल्ला सरकारले गरेका नीतिगत निर्णय उल्ट्याएर सरकारले मूठभेड निम्त्याउन खोजेको आरोप पनि लगाएका थिए ।
भेटमा देउवाले आमरण अनशनरत डा. गोविन्द केसीको माग तत्काल पूरा गरेर जीवन रक्षा गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको कांग्रेस मूख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
माथेमा कार्यदलको भावनामा रहेर आफू नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुरुपकै विधेयक ल्याइए मात्र समाधान निस्कने धारणा देउवाले राख्नुभएको पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पनि सरकार डा. केसीको जायज माग पूरा गराउन तयार रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्