Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबलको क्वाटरफाईनलमा


0
Shares

काठमाडौं । क्यामरुनलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।

ईजिप्टमा गएराती भएको खेलमा नाईजेरियालाई विजयी गराउन ओडियोन ईघालोले दुई गोल गर्दा अलेक्स ईओबीले एक गोल थपे ।

पराजित टोली क्यामरुनका स्टेफेन बोहोकेन र क्लीन्टन निहेले एक एक गोल गरे ।

अफ्रिका कप फुटबलकै अर्को खेलमा आयोजक ईजिप्टलाई हराउँदै दक्षिण अफ्रिका पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

खेलमा दक्षिण अफ्रिकालाई विजयी गराउन थेम्बीनकोसी लोर्चले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

हारसँगै अफ्रिका कपको सार्वाधिक सफल टोली ईजिप्टको यो संस्करणको यात्रामा पूर्णविराम लागेको छ ।