काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै स्विडेनले महिला विश्वकप फुटबलमा तेस्रो स्थान लिएको छ ।
फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराती भएको प्ले अफ् खेलमा स्विडेनले इंग्ल्याण्डलाई २–१ ले हरायो ।
सेमीफाईनलमा पराजित दुई टोलीबिच तेस्रो स्थानका लागि प्ले–अफ खेल भएको हो ।
महिला विश्वकप फुटबलको उपाधि भिडन्त आज राती साविक विजेता अमेरिका र नेदरल्याण्ड्सबिच हुनेछ ।
उता, कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो भएको छ । आज बिहान सम्पन्न खेलमा चिलीलाई २–१ ले हराउँदै अर्जेन्टिना तेस्रो भएको हो ।
खेलमा अर्जेन्टिनालाई विजयी गराउन अर्जियो अगुएरो र पाउलो डिबालाले एक एक गोल गरे । पराजित टोली चिलीका लागि अर्टुरो भिडालले पेनाल्टीमार्फत एक गोल फर्काए ।
यो खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र चिलीका ग्यारी मेडेलले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए ।








प्रतिक्रिया दिनुहोस्