Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सेनेगल र बेनिन अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । सेनेगल र बेनिन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको दाबेदार मानिएको मोरक्को भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

इजिप्टमा गएराति भएको प्रि–क्वाटरफाइनल खेलमा बेनिनसँग पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित हुँदै मोरक्को प्रतियोगिताबाटै बाहिरिएको हो ।

खेलको निर्धारित र थपिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बेनिनले चार खेलाडीले गोल गर्दा मोरक्कोका एक खेलाडीले मात्र गोल गरे ।

पेनाल्टीअघि १० खेलाडीमा सिमित बेनिनका लागि मोइसे अदिलहोउले एक गोल गरेका थिए भने मोरक्कोका युसुफ एन नेस्रीले गोल फर्काएका थिए ।

खेलको अन्तिम मिनेटमा मोरक्कोका हाकिम जिएचले पेनाल्टीमा गोल गर्न नसकेपछि प्रतियोगिताबाटै बाहिरिनु परेको हो ।

यसैगरी गएराति नै भएको अर्को खेलमा सेनेगलले युगान्डालाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सेनेगलको जितमा साडियो मानेले खेलको १५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सेनेगलले अब क्वाटरफाइनलमा बेनिनसँग प्रतिस्पर्धा गर्नेछ ।