Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


ओलीलाई बाबुरामको जवाफ–‘मनाङेजस्ता ‘बौद्धिक’ भित्र्याएपछि अरु किन चाहियो ?’


0
Shares

काठमाडौं, असार २० । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले भट्टराईकाबारेमा अभिव्यक्ति दिएलगत्तै उनले पनि ओलीलाई राम्रै जवाफ फर्काएका हुन् ।

शुक्रबार राजधानीमा भट्टराई नेतृत्वको पूर्वनयाँशक्ति पार्टीका नेतालाई नेकपा प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले ‘डिग्रीले पार्टी नचल्ने’ भन्दै व्यंग्य कसेका थिए ।

नेकपा अध्यक्ष ओलीले भनेका थिए–‘कम्युनिस्ट पार्टीमा नजोडिए बाबुरामको बौद्धिकताको काम छैन ।’

ओलीले गरेको टिप्पणीको ट्वीटमार्फत् जवाफ फर्काउँदै भट्टराईले भनेका छन्–‘कमरेड दीपक मनाङेजस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’

ट्वीट गर्नेक्रममा भट्टराईले मनाङेपछिको बौद्धिक र कमाउनिस्ट शब्दलाई दोहोरो कोटसमेत गरी विशेष महत्व पनि दिएका छन् ।

भिडियो हेर्नुहोस्