लन्डन, असार २० । स्पेनिस खेलाडी राफेल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
वर्षको तेस्रो ग्राण्ड स्लाम विम्बल्डनको दोस्रो चरणको खेलमा अस्ट्रेलियाका निक किर्गिओसलाई पराजित गर्दै दोस्रो वरियताका नदाल अघिल्लो चरणमा उक्लिएका हुन् ।
किर्गियोस विरुद्धको खेल नदालले ६–३, ३–६, ७–६ र ७–६ को सेटमा जितेका हुन् । नदालले अब तेस्रो चरणमा फ्रान्सका जो विल्फ्रेड सोङ्गासँग प्रतिस्पर्धा गर्ने छन् ।
उता, स्विस खेलाडी रोजर फेडेरर पनि विम्बल्डनको तेस्रो चरणमा उक्लिएका छन् । घाँसे कोर्टमा हुने वर्षको सबैभन्दा ठूलो प्रतियोगिता विम्बल्डनको दोस्रो चणको खेलमा फेडेररले ब्रिटेनका जे क्लार्कलाई ६–१, ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।
यसैबीच विम्बल्डन टेनिसको महिलातर्फ अमेरिकाकी सेरेना विलियम्स, स्विटजरल्याण्डकी बेलिण्डा बेन्सीच, बेलायतकी योहाना कोन्टा, स्पेनकी सुवारेज नाभारो र जर्मनीकी एन्जेलिक केर्बर पनि तेस्रो चरणमा पुगेका छन् ।








प्रतिक्रिया दिनुहोस्