काठमाडौं, असार १९ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र वेस्ट इन्डिज भिडिरहेका छन् ।
लिड्समा जारी खेल विजयका लागि वेस्ट इन्डिजले अफगानिस्तानलाई ३१२ रनको चुनौती दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३११ रन बनायो ।
साइ होपले ७७, इभाँ लेविस र निकोलस पुरनले समान ५८ रन बनाउँदा कप्तान जासन होल्डरले ३४ बलमा ४५ रन जोडे ।
अफगानिस्तानका दलत जद्रानले सर्वाधिक दुई विकेट लिए ।
विश्वकपमा अन्तिम खेल खेलेका क्रिस गेलले भने निराश पारे । गेलले १८ बलमा ७ रनमात्र बनाए ।
३९ वर्षीय गेलले आउँदो अगष्टमा भारतविरुद्ध हुने खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने बताइसकेका छन् ।
विश्वकपका ३४ खेलमा गेलले एक हजार १८६ रन बनाएका छन् । उनले सोक्रममा ४९ छक्कासमेत प्रहार गरेका थिए ।
जारी विश्वकपबाट बाहिरिएका यी दुवै टिमले प्रतिष्ठाका लागि अन्तिम खेल खेलिरहेका छन् ।
समूहका ८ खेलबाट अंक जोड्न नसकेको टोली अफगानिस्तान तालिकाको पुछारमा छ । ३ अंकमात्रै जोडेको वेस्ट इन्डिज पुछारबाट दोस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्