२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ज्योतिको ‘यो कस्तो माया’ मेलिनाको स्वर, ध्रुव, निरु र आस्थाको अभिनय


0
Shares

काठमाडौं । गीतकार ज्योति गुरुङको शब्द रहेको ‘यो कस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा निरन्तरता दिने बताइन ।

‘यो कस्तो माया’ सार्वजनिक गरेसँगै आँफु अझै साहित्य शृजनामा लाग्न हौसिएको प्रतिक्रिया दिइन ।

गुरुङको आफ्नै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोले प्रेम वियोगको कथालाई मर्म स्पर्शी ढंगले प्रस्तुत गरेको छ ।

जसमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको छ । अर्जुन सुनमको संगीत गीतमा एरेन्ज बिबी अनुरागीको रहेको छ ।

निर्देशक कुशल श्रेष्ठले प्रेम र वेदनालाई भिडियोमा कलात्मक ढंगले देखाएका छन् ।

जसमा एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई जिवन्त शैलीमा देखाइएको छ ।

भिडियोमा अभिनेता ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको छ ।

बेलायतमा नै छायांकन गरिएको भिडियोको छायांकन, सम्पादन पनि निर्देशक श्रेष्ठकै हो ।

भिडियो