Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


इंग्ल्यान्डले दियो न्यूजिल्यान्डलाई ३०६ रनको चुनौती, ‘गर या मर’को अवस्था


0
Shares

काठमाडौं, असार १८ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ३०६ रनको चुनौती दिएको छ ।

चेस्टर ले स्ट्रिटमा जारी खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन बनायो ।

ओपनिङ ब्याट्सम्यान जोनी बेयरस्ट्रले १०६ रन बनाए । बेयरस्ट्रसँग मिलेर पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्नेक्रममा जासन रोयले ६० रन जोडे ।

त्यस्तै, कप्तान आयन मोर्गानले ४२ रनको योगदान गरे ।

न्यूजिल्यान्डका ट्रेन्ट बोल्ट, जेम्स नीशम र माट् हेन्रीले समान २/२ विकेट लिए ।

लिग चरणको अन्तिम खेल खेलिरहेका दुवै टिमका लागि ‘गर या मर’को अवस्था छ । जित्ने टिम सेमिफाइनलमा पुग्नेछ भने हार्ने टिमले पाकिस्तान र बंगलादेशबीच शुक्रबार हुने खेलको नतिजा कुर्नुपर्नेछ ।

अंकतालिकामा न्यूजिल्यान्ड ११ अंकसहित तेस्रो, १० अंकको इंग्ल्यान्ड चौथो तथा पाकिस्तान ९ अंक जोड्दै पाँचौं स्थानमा छन् ।

अष्ट्रेलिया र भारत सेमिफाइनलमा पुगिसकेका छन् । न्यूजिल्यान्ड, इंग्ल्यान्ड र पाकिस्तानमध्ये दुई टिम अन्तिम चारमा पुग्दा एक टिम बाहिरिनेछ ।