
काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने माग सहित भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
बेलायतको ट्राफल्गर स्क्वायरमा भेला भएका प्रदर्शनकारीहरुले प्रहरी माथि पानीको बोतल प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि लाठी चार्ज गरेको छ ।
सोही क्रममा तीन प्रदर्शनकारी र ९ जना प्रहरी घाइते भएका छन् । भौतिक दूरी समेत कायम नगरी गरिएको प्रदर्शनका हजारौं सहभागी थिए ।
कोरोना नियन्त्रणका लागि बेलायत सरकारले ६ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने, भित्री र बाहिरी शहरहरुमा भेला र सभा गर्न रोक लगाएको थियो ।
त्यसैगरी शहरका मुख्य मुख्य क्षेत्रका जीम हल र सिनेमा हलमा समेत रोक लगाएको थियो ।
प्रदर्शनकारीहरुलाई मास्क लगाउन र भौतिक दूरी कायम गर्न आग्रह गरिरहेका प्रंहरीहरुमाथि दुब्र्यवहार गरेको भन्दै मेयर खानले प्रदर्शन चर्कदैं गए थप दमन गर्ने चेतावनी समेत दिनुभयो ।
बेलायतमा कोरोनाका कारण हालसम्म ४१ हजार ९ सय बढीको मृत्यु भइसकेको छ भने ४ लाख २९ हजार २ सय बढी संक्रमित छन् ।
जहाँ दैनिक हजार बढी संक्रमित पुष्टी हुने गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्