Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


सभामुख महराद्वारा तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको अवलोकन


0
Shares

दाङ, असार १८ । सभामुख कृष्णबहादुर महराले बुधबार तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

सो अवसरमा सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न संक्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले तत्कालीन जनयुद्धको सम्झना गर्दै भने–‘अब यस ऐतिहासिक ब्यारेकस्थलको विकास हुनु जरुरी रहेको छ ।’

सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस ब्यारेकलाई युद्ध संग्रहालय बनाउने तयारी गरेको सभामुखलाई जानकारी गराएका थिए ।

त्यस अवसरमा स्थानीय संक्रामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नुपरेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए । रासस