काठमाडौं, असार १८ । राष्ट्रियसभाअन्तर्गत्को विधानयन व्यवस्थापन समितिले बुधबार राष्ट्रिय खेलकुद विकास विधेयककाबारेमा विज्ञहरुसँग परामर्श गरेको छ ।
बैठकमा सांसदहरुले विधेयककाबारेमा आ–आफ्नो जिज्ञासा राखेपछि विज्ञहरुले खेलकुद क्षेत्रकाबारेमा सुझाव प्रस्तुत् गरेका थिए ।
त्रिभुवन विश्वविद्यायलका खेलकुद विभाग निर्देशक गंगाबहादुर थापामगरले खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय कानुनमैत्री बनाउनुपर्नेमा जोड दिए ।
खेलकुदमा अनुशासन महत्वपूर्ण हुने भएकाले नियम–कानुनलाई प्राथमिकतामा राख्न उनले सुझाव दिए ।
उनले ओलम्पिक कमिटी सधैं विवादमा पर्ने गरेको भन्दै राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।
सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीकाबारेमा ऐनले स्पस्ट निर्देशन गर्न नसकेको भन्दै कानुनी प्रावधानलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रिय हितलाई स्वार्थमा राखेर समितिले काम गर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्